वीरगन्ज :

ग्रामीण भेगका किशोरी एवं महिलाहरुको लागि चारदिने आधारभुत पत्रकारिता तालिम

श्रेणी : मधेस

9 months
Pradeep Sah
1.7kViews
1651 Shares

कलैया (बारा), ८ साउन । बारा जिल्लाको कलैयामा चारदिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । टेवा नेपालको सहयोगमा ‘सखीः महिलाको साथी’ नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । यस सँस्थाले खासगरी ग्रामीण भेगमा युवा महिलाहरुका लागि आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको हो ।

संस्थाले फेटा गाँउपालिकामा सञ्चार क्षेत्रमा महिलाको नेतृत्व विकास र सहभागिता अभिवृद्धिका गर्ने उद्देश्यले ग्रामीण भेगमा दलित, पिछडिएका समुदायका २१ जना किशोरी तथा महिलाहरुको लागि उक्त तालिमको आयोजना गरेको हो । संस्थाकी कार्यकारी अध्यक्ष मधु कुश्वाहाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई संस्थाकी सामाजिक परिचालिका जुही मेहताले सहजीकरण गरेकी थिइन् भने पत्रकार माधुरी महतोले प्रशिक्षण दिएकी थिइन् ।

सोमबार सम्पन्न चारदिने तालिमका सहभागी महिलाहरुले तालिममा सिकेका कुरालाई मनन गर्दै अब गाउँगाउँ टोलटोलका बेथिती, समस्या, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रका विषयवस्तुलाई उठान गर्ने र समाचार बनाउने प्रयासमा लाग्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *