वीरगन्ज :

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासकाे मत

श्रेणी : मधेस

11 months
Pradeep Sah
2.8kViews
1335 Shares

वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई विश्वासकाे मत पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १८८ जनाले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा ७४ मत पर्‍यो ।

प्रतिनिधिसभाको दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन आवश्यक थियो । आइतवारको संसद्‌ बैठकमा २६३ जना सांसद् उपस्थित भएका थिए ।

सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी पार्टीका अतिरिक्त अन्य केही दलहरूले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् ।

ओलीलाई सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकार बाहिरै विश्वासको मत दिए ।

संसद्‌को तेस्रो ठूलो शक्ति नेकपा माओवादी केन्द्र, चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी, छैटौँ ठूलो दल नेकपा एकीकृत समाजवादी पार्टीले ओलीलाई विश्वासको मत दिएनन् ।

त्यस्तै प्रतिनिधिसभामा एक-एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले पनि ओलीलाई विश्वासको मत दिएनन् ।

यसअघिको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विश्वासको मत पाउन नसकेपछि असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

उनले प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *