वीरगन्ज :

पर्साका क्षेत्री सहित कांग्रेसका ४ र लाेसपाका एक मन्त्रीले लिए शपथ

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1785 Shares

जनकपुरधाम । मधेस सरकारमा नेपाली कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मन्त्रीहरुले शपथ लिएका छन् । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ लिनेमा नेपाली कांग्रेसबाट अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर राय रहेका छन् ।

लाेसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिइन् । तिवारी लाेसपाकी प्रमुख सचेतक समेत हुन् । पांचै जनालाई प्रदेश प्रमुख भण्डारीले पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन् । साे अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री  सतिश सिंह सहितकाकाे उपस्थिती रहेकाे थियाे ।

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *