वीरगन्ज :

जगरनाथपुरमा धान राेपेर मनाइयाे धान दिवस

श्रेणी : कृषि

2 years
Pradeep Sah
3.0kViews
1500 Shares

वीरगंज (पर्सा), १५ असार । पर्साकाे जगनाथपुर गाउँपालिकामा धान राेपाई गरेर शनिबार धान दिवस मनाइएकाे छ । ”जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने राष्ट्रिय नाराका जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ हरपुर स्थित खेतमा धान राेपाई गरेर धान दिवस मनाइएकाे गाउँपालिकाकाे कृषि बिकास शाखा प्रमुख दायानन्द चाैहानले जानकारी दिए ।

२१ औं राष्ट्रिय धान दिवस महोत्सवकाे अवसरमा जगरनाथपुर गाउँपालिकाकाे कृषि बिकास शाखाद्वार आयोजित धान राेपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागि भएका थिए ।

गाउँपालिका अध्यक्ष यादव कै अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुभाष प्रसाद यादव, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका याेजना शाखा प्रमुख पिन्कु राम, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, शिक्षा शाखा प्रमुख अशाेक सिंह, कृषि विकास शाखाका शत्रुधन चाैरसिया लगायतकाे सहभागिता रहेका थिए ।

साे अवसरमा गाउँपालिका अध्यक्ष यादवले एक दर्जन भन्दा बढी कषकहलाई पुरस्कृत समेत गरेकाे गाउँपालिकाकाे कृषि बिकास शाखाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *