वीरगन्ज :

पत्रकार महासंघ पर्सामा प्रेस युनियनद्वारा पनि तालाबन्दी

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.5kViews
1656 Shares

वीरगंज । नेपाल प्रेस युनियन पर्साले पनि वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा तालाबन्दी गरेको छ ।

महासंघको विधान र प्रकृया विपरित महासंघको केन्द्रिय कार्यसमितिले महासंघको मतदाता नामावली प्रकाशीत गरी जबरजस्ति निर्वाचन गराउन खोजेको भन्दै प्रेस युनिउन पर्साले पत्रकार महासंघ पर्साको शाखा कार्यालयमा शनिबार तालाबन्दी गरेको हो ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो नेतृत्वको टोलीले पत्रकार महासंघ पर्सा शाखाकोे कार्यालयमा तालाबन्दी गर्दै विधाननसम्मत मतदाता नामावली प्रकाशीत गरेर मात्रै निर्वाचन प्रकृया अगाडि बढाउन मागपनि गरेको छ ।

प्रेस युनियन पर्साका अध्यक्ष महतोले तालाबन्दी आँफुहरुको रहर नभई बाध्यता भएको बताए । महासंघको केन्द्रिय नेततृत्वले जिल्ला शाखा र प्रदेश शाखाबाट गरेको सिफारिसलाई लत्याएर कुनै संगठन विशेषलाई मात्र लाभ हुने गरी विधि र प्रकृया मिचेर मतदाता नामावली प्रकाशीत गरेकोले विरोध गर्नुपरेको बताए । उनले मतदाता नामावलीप्रति भइरहेको विवाद नसुल्झाएसम्म पर्सा शाखामा निर्वाचन हुन नदिने चेतावनीपनि दिए ।

तालाबन्दी कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, जिल्ला उपाध्यक्षद्वय क्रान्ति शाह र अली असगर देवान, सचिव इरफान अली, कोषाध्यक्ष कपिलदेव यादव, युनियन पर्साका पूर्वसचिव लालकिशोर सिंह, हुकुम सिंह, प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र यादव हिटलर, केन्द्रिय सददस्य त्रिलोकी यादव, जाकिर हुसेन लगायतको सहभागीता थियाो ।

प्रेस युनियनले गरेको तालाबन्दीमा प्रेस मंचको पनि एकबद्धता रहेको छ । यश अघि नै समाजवादी प्रेस संंगठन नेपाल पर्साले पनि महासंंघ पर्साको कार्यालयमा गरेको तालाबन्दी यथावत नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *