वीरगन्ज :

जगरनाथपुरमा दुई हजार बृक्षाराेपण गरिने, गाउँपालिका अध्यक्षद्वारा सुभारम्भ

श्रेणी : मधेस

6 months
Pradeep Sah
1.6kViews
1668 Shares

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि बृक्षा राेपण कार्यक्रम सुरु भएकाे छ । एक कार्यक्रमबा बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिरुवा राेपेर बृक्षा राेपण कार्यक्रमकाे शुभारम्भ गरेका हुन् ।

वडा न.३ जमुनियाबाट सुरु भएकाे बृक्षाराेपण गढैया हुँदै बिजबनिया सम्मकाे बाटाेमा गरिने उनले जानकारी दिए । बाटोको दुबैपट्टि रहेको सार्बजनिक जग्गा अतिक्रम मुक्त गराई सो जग्गामा बृक्षारोपण थालिएकाे जनाइएकाे छ । साे बाटाेमा दुई हजार बृक्षाराेपण गरिने याेजना रहेकाे गाउँपालिकाले जनाएकाे छ ।

उक्त बृक्षारोपन कार्यममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडाध्यक्ष सुभाष यादव, लेखापाल सन्देश कुशवाहा, वन तथा वातावरण शाखा प्रमुख पपु यादव, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद सहित स्थानीयहरुको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *