वीरगन्ज :

वीरगंज महानगरद्वारा अनुमति विना संचालित ५ विद्यालयमा सिलबन्दी

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.4kViews
1299 Shares

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिले अनुमति विना संचालित विद्यालयहरु सिलबन्दी गरेकाे हाे ।

सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अवैध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको अनुगमन समितिका संयाेजक ईश्वरचन्द्र यादवले वताए ।

यसैगरी अनुगमनकाे क्रममा वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालनमा रहेकाे सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित एस. नलेज एकेडेमीमा सिलबन्दी गरिएकाे संयाेज यादवले जानकारी दिए ।

यसका साथै अनुगमन समितिले अनुमति विना वीरगंज महानगरपालिकाकाे वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी र अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको छ ।

अनुगमन समितिका संयोजक यादवकाे नेतृत्वमा गएकाे अनुगमनमा टाेलीमा वीरगंज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीता रहेकाे थियाे ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *