श्रेणी : मधेस
वीरगंज । पर्सामा हावाहुरीले लाखाैकाे क्षति भएकाे छ । बुधबार राति आएकाे हावाहुरीले पर्साकाे सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा लाखौको क्षती भएको छ ।
हावाहुरीले पर्सामा करिब ४ सय घर, गोठ, पोल्टीफर्महरुमा क्षति पुर्याकाे छ । साथै विभिन्न ठाउँमा रुख, बिरुवाहरुलाई ढालेर नष्ट गरेको छ । यसका साथै बिधुतको लाईन ११ हजार भोल्ट देखी पोल र टा्रन्सर्फरममा पनि क्षती पर्याएकाे सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।
सखुवाप्रसौनी गाउँपालिकाको वडानम्बर १ देखी ४ सम्म धेरै क्षती भएको पिडीतहरु बताएका छन । वडा नम्बर ३ निवासी बिजय प्रसाद कुर्मी, महेन्द्र राउत कुर्मी र नागीन्द्र राउत कुर्मीको संजना पोल्टी फर्मको घर ढलेर नष्ट हुनुका साथै घरमा रहेको दाना, भाडाबर्तन र कुखुराको चल्ला ४५ पैतालिस सय नष्ट भएको छ । अन्दाजी रु १३ लाख बराबरकाे क्षती भएको सोही वडा निवासी समाजसेवी रामबाबु प्रसाद कुर्मीले जानकारी दिए ।
यसैगरी वडा नम्बर २ निवासी सैदर अंसारीको कुखुरा फर्मको घर, भाडाबर्तन, दाना र १२ सय चल्ला गरी ४ लाख बराबरको क्षती भएको पिडीतले बताएका छन । सयौ
रुखबिरुवा, घर, पोल नष्ट हुँदा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादवले बिहानै वडा नम्बर १ देखी ६ सम्म आमजनताको घरमै पुगी क्षतीको अवलाेकन गरेका थिए । अध्यक्ष यादवले अवलाेकनकाे क्रममा हवाहुरीबाट क्षती भएका पिडीत परिवारहरुलाई क्षतीपुर्ती स्वरुप राहत केही दिने आश्वासन पनि दिएकाे पिडितले जनाएकाे छ ।
यसैगरी बहुदरमाई नगरपालिकाको डौकैला बहुअरी गण्डक नहरचौकमा रहेको बजार एरियाको पसल र घरमा पनि ठुल्ले मात्रामा क्षती भएको नगर प्रमुख सिंहासन साह तेलीले बताए । लाखौको क्षती भएको गरीब तथा ब्यापारीहरुलाई राहत स्वरुप स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले लगानी गर्न प्रमुख साहले मांग गर्नु भएको छ ।
साहका अनुसार पोल तार तथा टा्रन्सफर्मरमा क्षती भएकोले बिधुत लाईन अवरुध हुदा जनजीवन प्रभावित बनेको छ । बिधुत कार्यालयले अबिलम्ब बिधुत लाईन शुचारु गरी आमजनमानसमा राहत दिन समेत आग्रह गर्नु भएको छ । यसैगरी पर्साका अन्य पालिकाहरुमा पनि समान्य रुपमा क्षती भएको स्थानियहरु बताएका छन । कालिका टाईम्स
प्रतिक्रिया