वीरगन्ज :

राैतहटमा घर बनाई दिन्छु भनि लाखाैं रकम ठगी गर्ने ६ जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1926 Shares

वीरगंज । राैतहटमा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाई दिन्छु भनि गरिव र विपन्न समुदायको मानिसहरुबाट रकम ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले रौतहटकाे माधबनारायण नगरपालीका वडा नं. ७ लौकाहा निवासी ५२ बर्षिय रामनाथ माझी, साेही ठाउँ निवासी ३२ बर्षिय प्रकाश माझी, राैतहट कै गरुडा नगरपालीका वडा नं.-६ पोठियाही निवासी ४० बर्षिय राकेश महरा, गरुडा नगरपालीका कै वडा नं ९ गेडिगुठी निवासी २५ बर्षिय सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालीका कै वडा नं.-५ शिवनगर निवासी ७१ बर्षिय मुगलाल महरा र गरुडा नगरपालीका कै वडा नं.-९ निवासी ४५ बर्षिय रामकली देवीलाई पक्राउ गरेकाे हाे ।

गरिव विपन्न वर्गका मानिसहरुलाई आवास (घर) बनाई दिने भनी रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।

रौतहट कै माधवनारायण नगरपालिकाकाे वडा नं.०८ रजवडा टोल स्थितका स्थानिय विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी बिकास मन्त्रालयले गरिव र विपन्न वर्गका घर परिवारका मानिसहरुलाई आवास वनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घर रु. १० हजार देखी ४० हजार सम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट लाखौ रकम असुली गरी ठगी गरेकाे आराेपमा उनीहरुलाई पक्राउ गरिएकाे सूचना अधिकारी गिरीले वताइन । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *