वीरगन्ज :

बारामा १३ लाख भन्दा बढी नेपाली नक्कली नाेटसहित ४ जना पक्राउ

श्रेणी : BANNER

7 months
Pradeep Sah
1.9kViews
1494 Shares

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय मोहन कुमार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुको साथबाट एक हजार दरको ७०७ थान गरेर सात लाख सात हजार नेपाली नक्कली नोट बरामद गरिएको उनले बताए । उनीहरुले प्रयोग गरेको बिआर ०६ ए डब्लु २७५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सुचना अधिकारी न्याैपानेले वताए ।

त्यस्तै भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने ४० वर्षीय महमद आलमलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठूलो बसवरीयामा साइकलमा आउँदै गरेको अवस्थामा आलमलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनकाअनुसार आलमको साथबाट एक हजार दरकोे ६०९ थान गरेर ६ लाख ९ हजार नेपाली नक्कली रकम बरामद भएको छ ।

बाराका विभिन्न स्थानबाट १३ लाख १६ हजार नेपाली नक्कली रकमसहित तीन जना नेपाली र एक जना भारतीय नागरिक पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *