वीरगन्ज :

अलौका आगलागि प्रभावितलाई राहत वितरण

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.8kViews
1201 Shares

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आगलागी प्रभावितलाई राहत वितरण गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौका आगलागि प्रभावितलाई खाद्यान्न सामग्री वितरण गरिएको प्रहरीले जनाएकाे छ । आगलागीबाट प्रभावित भएका ७ घरपरिवारलाई प्रतिघर एक बोरा चामल, दाल, आलु, प्याज, चिनी, नुन, आटा लगायतका खाद्यान्न सामग्री वितरण गरिएको वडा नमबर १७ का वडाध्यक्ष सञ्जिव बहादुर क्षेत्रीले जानकारी दिए ।

अस्थाई प्रहरी कार्यालय सिर्सियासँगै वडा नम्बर १७ को वडा कार्यालयले सयुँक्त रुपमा राहत वितरण गरेका हुन् ।

राहत वितरणका क्रममा पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल, सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरु, वडा सदस्य नेशार अहमद, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका अध्यक्ष सुमेश्वर उपाध्याय, नेपाली कांग्रेसका बुथ कमिटी सभापति शिवओम लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *