वीरगन्ज :

एमडी शाहनवाजलाई थुनामा नराख्न मेडिकल कलेजको प्रपञ्च, प्रहरीलाई गुमराह गर्ने प्रयास

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1115 Shares

वीरगंज (पर्सा), २७ चैत । म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग प्रकरणमा पक्राउ परेका डा. जैनुद्दिन अन्सारीका सुपुत्र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई बचाउन कलेज प्रशासन कम्मर कसेर लागेको छ । शुरुमा पक्राउ परेका कलेजका एमडी एवं ल्याब प्रमुखलाई थुनामा जानबाट बचाउन कलेजका प्रशासक शेखचान्द ताराले बिरामीको नाटक गर्न लगाएका थिए । उनीहरुको नौटकी अनुसार राती नै छातीमा दर्द र व्लड प्रेसर हाई भएको भन्दै दुवै जनालाई प्रहरीले नारायणी अस्पताल पुर्‍याएको थियो । पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बिरामी भए नारायाण अस्पतालमै भर्ना गर्न निर्देशन दिएका थिए तर उनका आफन्तहरु नारायणी अस्पतालमा उचार सम्भव नहुने भन्दै नेशनल मेडिकल कलेजमै लैजान दबाब दिदै आएका थिए । तर पर्सा प्रहरीले नमानेपछि राती नै नारायणी अस्पताल भर्ना रेफर गराएर ब्योधा अस्पतालमा पुर्‍याएका थिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. चितरञ्जन साहसँग बुझ्दा राती समान्य रक्त चाप रहेको तथा भर्ना गर्ने स्थिती समेत रहेको पत्रकारहरुलाई प्रतिक्रिया दिएका थिए । तर त्यसको बिपरित मेसु साहकै निर्देशनमा नारायणी अस्पताल प्रशासनले रेफर गर्दा छातीमा पेन रहेको भन्दै आईसियूमा भर्ना गर्नु पर्ने लेखेर रेफर गरेको थियो । जसबाट स्पष्ट हुन्छ कि कानुनलाई कमजोर गर्न नारायणी अस्पतालले झुठो बिवरण बनाएको थियो । समान्य बिरामीलाई आईस्युमा भर्ना गर्न मेसु साहलाई कसको दवाव थियो ? त्यो खुल्न बाँकी छ । नारयाणी अस्पतालको डक्टरहरुकै सल्लाह अनुसार प्रहरीले नेशनल मेडिकल अस्पतालमा लैजान नदिएपछि बीरगंजको ब्योधा अस्पातलको आईसियू कक्षमा भर्ना गरिएको थियो । तर स्रोतका अनुसार ब्योधाले पनि राम्रो उपचार दिन नसेकेपछि राती १ बजे तिर पुनः परिवारका सदस्यहरुले एमडी अंसारीलाई नेशनल मेडिकल कलेजमै लैजान कसर गरेका थिए । पर्सा प्रहरीकै निर्देशन अनुसार प्रहरीले अर्को अस्पताललाई विकल्पको रुपमा राती १ः३० बजे बयोधा अस्पतालबाट गण्डक स्थित बीरगंज हेल्थ केयरमा सिफ्ट गरिएको थियो ।

अस्पताल श्रोत तथा उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई शुरुमा उच्च रक्तचाप तथा छातीमा दुखाई रहेकोमा बिहानसम्म हल्का डाईरिया र ज्वरो पनि देखिएको छ । घटनाबारे प्रहरीले पनि सही प्रतिक्रिया दिन चाहेका छैन् । दोषी देखिए कानुनी कारवाही गर्ने हिसावमा पर्सा प्रहरी काम गरी रहेको तथा कसैको दवावमा नपर्ने प्रतिक्रिया पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले दिएपनि थुनामा राख्नु पर्ने व्यक्तिलाई झुठा बिवरण बनाई प्रहरीले नै अस्पताल भर्ना गराउन सहयोग गरेको हो कि ? भन्ने अंशकाहरु उब्जिएको छ । अर्को तर्फ छातीको दुखाई डाईरिया र ज्वरोमा कसरी रातभरीमा परिवर्तन भयो गम्भीर प्रश्न उब्जिएको छ । स्रोतलाई हवाला दिने हो भने एमडी अन्सारीलाई कुनै बिमारी नरहेको तथा उनका बुवा डा. जैनुद्दिन अन्सारीको प्रभाव र दवावमा प्रहरी प्रशासन एवं राजनीतिक दलका प्रतिनिधिहरु काम गरि रहेका छन् । सानालाई ऐन र ठूलालाई चैन पुरानै शैलीमा पर्सा प्रहरीको कार्यशैली रहेको सर्वसाधारणको बुझाई छ ।

एमडी अन्सारीले एका तर्फ बिरामीको नाटक गरी रहेका छन् भने अर्को तर्फ प्रहरी प्रशासन एवं अनुगमन टोलीले गरेको कामको प्रेस बिज्ञप्ती निकालेर बिरोध गरी रहेका छन् । कलेज प्रशासनले मंगवार बिहान एक प्रेस बिज्ञप्ति प्रकाशित गरि अनुगमन टोलीले द्वेषपूणर् एवं पूर्वाग्राही भएर काम गरेको भन्दै अनुगमन तथा अनुसन्धानमा देखिएका सम्पूणर् कुराहरुलाई खारेज गरेको थियो भने दिउँसो अस्पतालका स्वास्थ्यकर्मीले एमडीलाई रिहा गर्नु भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको मुलगेट अगाडी प्रदर्शन गरेका थिए । एमडी होस् अथवा सर्वसाधारण जो कोहीको लागि कानून बराबर छ, यदि उनी दोषी छैनन् भने अनुसन्धान पश्चात फर्कनेनै छन् तर दोषी भएर पनि पैसाका आडमा उनलाई निर्दोष प्रमाणित गर्न अस्पताल प्रशासन पूणर् रुपमा लागि परेको छ ।

उत्ता अस्पतालका एमडी अन्सारी बेडमा आराम गर्ने बहानामा दिनभरी मोबाई खेलाई रहेका छन् भने आफ्न्तहरुसँग कुराकानी गर्न व्यस्थ छन् । आईसियूमा भर्ना भएको कारण हतपती कसैलाई चिकित्सकहरुले प्रवेश दिदैनन् । तर एमडी अन्सारीको कक्षमा भने त्यस्तो कुनै प्रोटोकल अपनाइएको छैन् । उनलाई गेष्टहाउसमा पाईने सुबिधा दिइएको छ । उनी दिनभरी आफन्तलाई भेटन र कुराकानी गर्नमै व्यस्थ छन् । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *