वीरगन्ज :

स्थानिय संताेष यादवद्वारा श्री अजिज मियाँ माविलाई बेन्च डेस्क सहयाेग

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.1kViews
1193 Shares

वीरगंज (पर्सा), २४ चैत । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालय धाेबिनीलाई बेन्च डेस्क सहयाेग प्राप्त भएकाे छ ।

स्थानिय संतोष यादवले विद्यालयलाई रु ५१ हजारकाे लगानीमा ९ सेट बेन्च डेस्क सहयाेग गरेकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए । सहयाेगि दाता यादवले साे बेन्च डेस्क शनिबार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा रहेकाे बेन्च, डेस्ककाे अभाव मध्यनजर गर्दै यादवले विद्यालय सहयाेग गरेकाे प्राधानाध्यापक रामले वताए । सहयाेग गर्ने दाता यादवलाई विद्यालय धन्यावादसहित सम्मान समेत गरेकाे उनले वताए ।

वडा अध्यक्ष मनौर अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमालेका नेता सल्लाउदिन अहमद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिस्वाका सशस्त्र प्रहरी निरीक्षक दिपकराज बस्नेत, नरेश पटेल, मनेश ठाकुर, ईन्जिनियर रामबाबु पटेल, सुनिल राम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

विद्यालयमा विद्यार्थीहरुकाे चाप रहेपनि भाैतिक संरचनाकाे अभाव रहेका कारण विद्यालयले विभिन्न दातृ निकायसंग सहयाेग लिदै आएकाे छ ।

कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *