श्रेणी : अन्तर्राष्ट्रिय
2.2kViews
1836
Shares
वीरगंज (पर्सा), २० चैत । वडा प्रहरी कार्यालय बिर्ताले चाेरीकाे आराेपमा एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी स्थायी घरभई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ३० बर्षिय प्रवेज खान रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी श्रवण सर्राफको घरको ताल्चा फुटाइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा खनाललाई ताल्चा फुटाउने औजारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए । उनकाअनुसार निजविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया