वीरगन्ज :

शिक्षक अभिभावक संघको अध्यक्षमा पानालाल पटेल

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1604 Shares

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ वनकाटवामा रहेको श्री शशीधर कृष्ण आधार आधारभुत विद्यालयमा शिक्षक अभिभावक संघको अध्यक्षमा पानालाल पटेल सर्वसम्मत चयन भएका छन ।

शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाले ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको हो । नवगठित संघकाे सदस्यमा मुनिलाल साह कानु, सुनिल ठाकुर, कोशिला देवी, रंजना देवी, मुनी खातुन, नागेन्द्र महतो, देवनाथ महरा, सोनालाल साह, संतोष पासवान लगायत चयन भएका छन ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्याम ठाकुरको अध्यक्षतामा र पोखरीयाका नगरपालिका प्रमुख प्रधुमन चौहानको प्रमुख आतिथ्यमा भएको भेलामा वडाध्यक्ष प्रमोद गिरी, उमेश चौहान, सुरेश प्रसाद कुर्मी लगायतका उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *