वीरगन्ज :

सशस्त्र प्रहरी र भारतीय एसएसबीको नेपाल-भारत सीमामा संयुक्त गस्ती

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.8kViews
1396 Shares

वीरगंज (पर्सा), १४ चैत । सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौज (एसएसबी) ले पर्सास्थित नेपाल-भारत सीमामा संयुक्त गस्ती सुरु गरेको छ । ठोरी गाउँपालिका १ भगवान्‌ नगरबाट सुरु भएकाे संयुक्त गस्ती टाेली बुधबार पकहाँ मैनपुर गाउँपालिकाका पुगेकाे छ ।  गस्ती टोलीलाई प्रस्तावित गुल्म सिमा सुरक्षा लहावरथकरीका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेमबहादुर कठायतले मंगलबार छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा स्वागत गर्दै टोलीको कमान्ड संभालेका थिए ।

डिएसपी कठायतले आफना ईलाका मिर्जापुर, भिस्वा, लहावरथकरी, पकहाँ मैनपुर हुँदै प्रसौनी भाठामा अर्काे पलाटुन कमान्डरलाई बुधबार जिम्मा लगाएकाे वताए । गस्तीको क्रममा डिएसपी कठायतले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गरेका थिए । सीमा सुरक्षाको संवंदनशीलतालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल, नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सीमा नजिकका नागरिकहरुमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती सुरु गरिएको कठायतले बताए ।

सिमा क्षेत्रलाई रक्षा गर्ने, सिमामा रहेका जनता संग सम्बन्ध बिस्तार गर्ने, सिमाका आम जनता संग अन्तरक्रिया गर्दै भारतीय एसएसबि संग सम्बन्ध प्रागाढ गर्ने उदेश्य राखी नियमित रुपमा अनुगमन, निरिक्षण गर्दै गस्ती हुँदै आएकाे उनले वताए । टोली मधेश प्रदेशकाे सप्तरी जिल्ला सम्मको सिमामा रेखदेख, निरिक्षण, अनुगमन, सम्बन्ध बिस्तार, अन्तरक्रिया तथा भारतीय एसएसबीसंग संयुक्त रुपमा २४ सै घण्टा गस्ती गर्ने जनाईएको छ । टोलीमा ३५ जनाको सहभागीता रहेको छ ।वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *