श्रेणी : मधेस
2.1kViews
1616
Shares
वीरगंज । जनमत पार्टीको केन्द्रीय सदस्यमा अनुराग द्विवेदी मनोनिन भएका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि.के. राउतले पार्टीको विधान २०७९ को धारा १६ (घ) अनुसार दुवेदीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
पर्साको वीरगंज महानगरपालिका वडा नं. २४ निवासी द्विवेदी पूर्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) समेत हुन् । प्रहरी सेवामा रहेर काम गर्दा द्विवेदी सप्तरी, नुवाकोट, पर्सा, बारा काठमाण्डाै लगायतका जिल्लाहरुमा जिम्मेवारीमा रहेर काम गरेका थिए ।
डिआइजीकाे बढुवामा नपरेपछि एसएसपीबाट गत असारमा राजीनामा दिएका द्विवेदीले पुष १० गते जनमत पार्टीमा प्रबेश गरि राजनीतिक यात्रा सुरु गरेका थिए । हाल उनी पर्सा जिल्लामा नै राजनीतिक गतिविधिमा सक्रिय रहेका छन् । कालिका टाईम्स

प्रतिक्रिया