श्रेणी : मधेस
वीरगंज । वीरगंजकाे घण्टाघरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाज परिवर्तन नेपालले आयाेजना गरेकाे कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।
समाजका अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायतले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले गरेका थिए ।
कार्यक्रमकाे उद्घाटन गर्दै महासचिव बन्जाले रक्तदान जस्तो पूण्य काममा सरिक हुन सबैलाई आग्रह गरे । रक्तदान गरेर जीवनदान गर्न आग्रह गर्दै उनले पछिल्लो समय रगतको अभाव बढ्दै गएको हुँदा युवाहरु रगतको बढ्दो मागलाई परिपूर्ती गर्न अग्रसर हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचीव राहुल साह, कोषाध्यक्ष रोशन सर्राफ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया लगायतकाे उपस्थिती रहेकाे थियाे । कालिका टाईम्स
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया