वीरगन्ज :

जनमत पार्टीकाे केन्द्रीय समिति बैठक वीरगंजमा बस्ने

श्रेणी : मधेस

10 months
Pradeep Sah
1.8kViews
1528 Shares

वीरगंज । जनमत पार्टीले केन्द्रीय समिति बैठक वीरगंजमा बस्ने भएकाे छ । केन्द्रीय समितिको बैठक वीरगंजमा बस्ने तय भएकाे पार्टीका सचिव बिपी साहले जानकारी दिए ।

आगामी चैत ३ र ४ गते पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाइएको सचिव साहले जानकारी दिए ।

उनका अनुसार बैठकमा सचिवालयमा प्रस्तुत भएको पार्टी अध्यक्ष सिके राउतको राजनीतिक प्रतिवेदनबारे छलफल हुने छ । साथै बैठकमा पार्टीको सांगठनिक अवस्थाबारे पनि छलफल हुनेछ ।

‘अहिले वडा र पालिका तहका कमिटीहरूको अधिवेशन जारी छ, त्यसबारे पनि छलफल हुनेछ,’ उनले भने । यसैबीच जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि भन्दै आन्दोलनको उद्घोष गरेको छ। यसबारे पनि केन्द्रीय कमिटीमा छलफल हुने जनाइएकाे छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *