वीरगन्ज :

तीन जना नक्कली चिकित्सक पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.8kViews
1435 Shares

रौतहट । रौतहटमा तीन जना नक्कली चिकित्सक पक्राउ परेका छन् । उपचार गर्ने इजाजत पत्र तथा शैक्षिक योग्यता नभएका तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला पूर्वी चम्पारण थाना ढाका वड़ा नम्बर १४ खैरबा निवासी ३५ वर्षीय हसीन अख्तर, पूर्वी चम्पारण शिकारगञ्ज वड़ा नम्बर ३ बटोआ निवासी २७ वर्षीय मो. तबरेज आलम र रौतहट जिल्लाको यमुनामाई गाउँपालिका– २ भेडियाही निवासी २७ वर्षीय कलम मन्सूरी रहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

जिल्लाको यमुनामाई गाउँपालिका– १ सुकदेव चोकमा सञ्चालनमा रहेको सागरमाथा तराई हस्पिटल प्रालिमा योग्यता नपुगेको तथा इजाजत पत्र समेत नभएका व्यक्तिले उपचार गरिरहेको प्राप्त भएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट गएको अनुगमन टोलीले तीनै जनालाई पक्राउ गरेकाे वताइन ।

उनीहरुले भारतमा अभ्यास गरेको आधारमा नेपालमा उपचार गर्ने गरेको बुझिएको छ । नेपालमा उपचार गर्नको लागि सम्वन्धित निकायसँग अनुमति लिनुपर्नेमा सो नगरी विना इजाजत पत्रको बिरामीहरुलाई शल्यक्रिया गर्ने गरेकाले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत उपचारसम्बन्धी कसूरमा कानून बमोजिम कारवाही अगाडि बढाइएको र यसमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता गिरीले जानकारी दिइन । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *