वीरगन्ज :

पुर्व राजाको नागरिक अभिनन्दनको तयारी तिव्र

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.4kViews
1508 Shares

वीरगंज । वीरगंजमा हुन लागेको पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको नागरिक अभिनन्दन समारोह सभ्य र भव्य बनाउने तयारी तिब्र रुपमा भैरहेको आयोजक समितिले जनाएको छ ।

“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति”का महासचिव हिरा बहादुर चन्दले मंगलबार टिभी जर्नलिस्टहरूसंगको भेटघाटमा वताए ।

भेटघाटमा नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेंन्द्रलाल नेपालीले पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट आउने जनताको प्रत्यक्ष उपस्थिति एवं विभिन्न राजनीतिक दल, राष्ट्रवादी/हिन्दूवादी संघसंस्थाको सहभागितामा वीरगंजस्थित लाल बंगला परिसरमा राजा ज्ञानेन्द्रको हुने नागरिक अभिनन्दनको व्यापक रुपमा तयारीमा लागेको जानकारी दिए ।

त्यसैगरी पुर्व राजा शाहलाई देशभरिका जनताबाट ठाउ–ठाउमा गरिंदै आएको अभिनन्दन वीरगंजमा पनि हुने खबरले पर्सा लगतायत आसपास जिल्लाका सर्वसाधारण नागरिकहरू उत्साहित देखिएको प्रचार प्रसार संयोजक मानव सेवकले बताए ।

अभिनन्दन समारोहमा प्रतिनिधित्व गर्न विभिन्न उद्योगी व्यवसायीका संघसंगठन, राजनीतिक दल, संघसंस्थालगायतले हार्दिकतापूर्वक इच्छा जाहेर गरिरहेको पनि उनले वताए ।

यसैबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व मन्त्री केशर बहादुर विष्ट सम्मिलित एक टोलीले मंगलवार वीरगंज स्थित नागरिक अभिनन्द समारोह स्थल लालबंगला परिसरको स्थलगत निरीक्षण गरे ।

सो अवसरमा मंच व्यवस्थापन समितिका संयोजक एवं मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधी, नरेश बहादुर सिंह मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्द लगायतको सहभागिता रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *