वीरगन्ज :

भ्रष्टाचार र विभेदको विरुद्ध आन्दोलनको लागी तयार रहन अध्यक्ष सरार्फको निर्देशन

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.9kViews
1665 Shares

वीरगंज । जनमत पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले पर्सा जिल्लाका हरेक तह तप्काका नेता एवं जनसमुदायलाई बेथिति, भ्रष्टाचार र विभेदको विरुद्ध आन्दोलनको लागी तयार रहन आग्रह गरेका छन् ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर -३ को वडा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले जसपा नेतृत्वकाे मधेस प्रदेश सरकार भ्रष्टाचारमा चुर्लिम डुबेको, कमिसन खोरिकाे सिमा नाघेको र बेथितिको चाङ लागेकोले आम जनता संघीयताको अनुभुती गर्न नसकेको वताए । उनले सुशासन र समृद्धिको एक मात्र अबको विकल्प जनमत पार्टी रहेकोले सबैलाई जनमतमा गोलबन्द हुन आग्रह गरे ।

अधिवेशनद्वारा छिपहरमाई गाउँपालिका वडा नम्बर -३ को स्थानीय नेता अनिल सिहको अध्यक्षतामा ३१ सदस्यीय वडा एकाई कमिटी गठन गरेकाे छ । कमिटीको उपाध्यक्षमा बिरेन्द्र साह, लक्ष्मिना देवी, सचीवमा नितेश सिंह, कोषाध्यक्षमा सतेन्द्र सिंह, सह- सचीवमा कर्मचारी साह लगायत चयन भएका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्य अधिवक्ता हरिहर साह कानु, पर्वेक्षक सुजित चौरसिया, स्थानीय नेताहरु सुकेन साह, युवा नेताहरू संजय सिह, बिष्णु कुशवाहा, लोकेश कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *