वीरगन्ज :

बैंकिंग क्षेत्रको समस्या बारे आजपाको अन्तरक्रिया

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.7kViews
1054 Shares

वीरगंज । बैंकिंग क्षेत्रको समस्या बारे बिहिबार वीरगंजम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटीकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता विषयमा अन्तरक्रिया भएकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले मुलुककाे पुंजी केही समिति व्यक्तिले प्रयाेग गरिरहेकाे वताए । उनले दलाल पुंजिपतिहरुले देश लुट्दै विदेश लगि रहेकाे आराेप समेत लगाए ।
त्यस्ता पुंजितपतिका कारण मध्यम र गरिब बर्ग पिडामा रहेकाे वताउँदै अध्यक्ष साहले सरकारले मनोमानी ब्याज फिर्ता, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने धारणा राखे ।
यी मागहरुलाई पुरा गराउन आजपाले माघ १० गते मधेश बन्द घाेषणा गरेकाे कार्यक्रमलाई सफल बनाउन सबै सहभागीहरुले आग्रह समेत गरे ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं प्रतिनिधिहरु, सरोकारवाला व्यक्ति तथा पीड़ितहरुको  उपस्थिति रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *