वीरगन्ज :

पकहाँ मैनपुरमा निशुल्क आँखा शिविर, ८८६ जना लभान्वित

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.6kViews
1170 Shares

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा आइतबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल तथा वीरगंज सामुदायिक आँखा केन्द्र वीरगंजकाे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ३ स्थित श्री रामचरीचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरमा भएकाे शिविरमा ८८६ जना आँखा परिक्षण गराएका छन् । जस मध्ये ३३५ जनामा मोतियाबिंद फेला परेकाे आयाेजकले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे शिविरकाे उद्घाटन प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

शिविर उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सांसद क्षेत्रीले राेका रहेकाे सांसद काेषकाे वजेट चलाउन पाए क्षेत्र अन्तर्गतकाे प्रत्येक वडामा आँखा शिविर संचालन गरी चस्मा पनि वितरण गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद क्षेत्रीले महिलाहरुको पाठेघरको समस्या धेरै रहेकोले सचेत हुन आग्रह गरे । उनले पालिकबाट त्यसकाे लागि शिविर पनि सञ्चालन गर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष मेहताले प्रत्येक बर्ष गाउँपालिकाले आँखा शिविर आयाेजना गर्ने जनाए । निशुल्क शिविरमा सहभागि भई माेकाकाे फाइदा उठाउन उनले गाउँवासी आग्रह समेत गरे ।

शिविरमा माेतियाबिंद फेला परेकाहरुकाे पुष १२ गते शल्यक्रिया समेत गरिने प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले जानकारी दिए ।

उद्घाटन समारोहमा वडाध्यक्ष मुकुट चौहान, सञ्जय चौहान, डेढी यादव, बलिराम चौरसिया, कांग्रेसका नेता लक्ष्मण पटेल, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, कार्यपालिका सदस्य रामबहादुर साह सोनार, नेक महमद मियाँ, युवा नेता राकेश कुशवाहा, बिरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन अनिल साहले गरेका थिए ।

शिविरमा डाक्टर गौरीशंकर गुप्ता, डाक्टर प्रभात चौरसिया, सहयोगी मुस्कान श्रेष्ठ, पावन धामी लगायतकाले सहभागिहरुकाे आँख चेक जाँच गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *