वीरगन्ज :

ठूलो परिमाणमा प्रतिबन्धित भारतीय चल्ला बरामद

श्रेणी : BANNER

1 year
Pradeep Sah
52Views
0 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे जगरनाथपुरबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय चल्ला ठूलो परिमाणमा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याइएको ४ हजार २ सय वटा भारतीय कुखुराको चल्ला प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट मंगलबार राति बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइएको ४२ कार्टुन चल्ला प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार , प्रहरीको टोलली देख्नासाथ तस्करहरु चल्लासहितको मोटरसाइकल छाडेर भागेकाले तस्करहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।

बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सियाको जिम्मा लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *