वीरगन्ज :

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
146Views
0 Shares

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ । फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ पुरस्कार दिइने भएको पुरस्कार छनोट समितिले जनाएको छ ।

फोसाको शैलीलाई ’फोसा मिनिमलिजम’ को सङ्ज्ञा दिइएको छ । सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् ।

उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् । यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ ।

स्विडेनका उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *