
श्रेणी : BANNER
75Views
0
Shares
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो दुई पटक शक्तिशाली भूकम्प गएको छ । बझाङको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यसपछि ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो भूकम्पको धक्काको भने काठमाडौंसम्म महसुस गरिएको थियो । भूकम्पको महसुस सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ । क्षतिबारे भने कुनै विवरणहरू प्राप्त भएको छैन ।


प्रतिक्रिया