वीरगन्ज :

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
46Views
0 Shares

काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन् । दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, सनत प्रधान र लालबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

उनीहरू तीनै जना काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका हुन् । प्रवक्ता अधिकारीका अनुसार पक्राउ परेका तीनै जनालाई आजै जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाइनेछ । ११ किलो सुन प्रकरणमा यसअघि सात जना पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *