
श्रेणी : खेलकुद
38Views
0
Shares
काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले पराजित गरेको हो ।
पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो । सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाडौंमा शुरु भएको थियो ।


प्रतिक्रिया