श्रेणी : BANNER
वीरगंज (पर्सा), २६ भदौ / हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १३ राधेमाईस्थित फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नं. .६ लखनपुर बस्ने बर्ष २७ को ईसराईल मियाँ (मिस्त्री) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार विहान ०७ः०० बजेको समयमा मिस्त्रीलाई करेन्ट लागी गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि तराई हस्पिटल वीरगंज पठाइएको थियो ।
घाईते मिस्त्रीको मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतकको घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । वीरगंज टाईम्स
प्रतिक्रिया