वीरगन्ज :

यदि कोसीमा चुनाव भयो भने हाम्रो पार्टीलाई फाइदै छः अध्यक्ष नेपाल

श्रेणी : BANNER

2 years
birgunj report
206Views
0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा विश्वासको मतका लागि नेकपा एमाले आफूहरूको पछि लागेको बताएका छन् ।

शनिबार पार्टी निकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनेकाले विश्वासको मतका लागि एमाले नेताहरु आफूहरूको पछि लागेको बताएका हुन् । उनले कोशीमा आफ्नो पार्टीको विशेष भूमिका रहेकाले एमाले नेताहरू मिल्नका लागि पछि लागेको बताए ।उनले भने, ‘अहिले कोशी प्रदेशमा समस्या खडा भएको छ। हाम्रा साथीको पछि लागेको लाग्यै छन्। मिलौं न मिलौं न, सँगै जाउँ न भनिरहेका छन् ।’ उनले कोशीमा आफूहरु मध्यवधि निर्वाचनको पक्षमा नरहेको तर निर्वाचन भएमा आफ्नो पार्टीलाई फाइदा हुने बताए ।उनले भने, ‘कोसीमा कि मिलेर जानु, कि अरुलाई साथ दिनु, कि चुनावमा जानुको विकल्प छैन । हामीलाई त फरक हुनेवाला छैन। किनभने हाम्रो साथीहरुको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ। अहिले हामीसँग त्यहाँ चार सिट छ, सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौं ।अरुको सातो गएको छ।’अध्यक्ष नेपालले जनता र राष्ट्रलाई आर्थिक बोझ पर्ने भएकाले त्यता जानु नपरोस् भन्ने कामना रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *