
श्रेणी : BANNER
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआबी) ले राहुललाई बुधबार पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता कुवेर कठायतले भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा अनुसन्धानका लागि राहुललाई पक्राउ गरिएको जानकारी दिए । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले दर्जनौं पटक कुरा गरेको खुलेको थियो ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग बाबुले २२ पटक र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो ।
तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो । गत पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो ।


प्रतिक्रिया