वीरगन्ज :

चीन भ्रमणमा सीमा नाका खोल्ने र यसअघिका समझदारी कार्यान्वयनका विषयमा छलफल हुन्छः प्रधानमन्त्री

श्रेणी : BANNER

1 year
birgunj report
98Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको नाका सञ्चालन र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले निकट भविष्यमा हुने चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गति लिने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताए ।

उनले भने, ‘नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाकाको सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन् ।’

प्रधानमन्त्रीले पछिल्लो समय पहिचानको नाममा भइरहेको गतिविधिबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने,’अनेकतामा एकता नेपालीको पहिचान हो। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्ममा चोट नपुर्याई आफ्नो धर्म मान्ने अधिकार दिएको छ ।’

उनले जवाफका क्रममा सामाजिक सद्भाव खलल गर्ने वा एकअर्कालाई द्वेष बढाउने काम सरकारले हुन नदिने बताए । प्रधानमन्त्रीले देशको अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको दाबी गरेका छन् ।

उनले भनेका छन्,’सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएका छन्।’

प्रधानमन्त्री दाहालले असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचत रहेको जानकारी दिए । साथै विदेशी विनिमय संचिति पनि गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई आगामी दश महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थामा रहेको जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *