श्रेणी : समाचार
116Views
0
Shares
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ । ललितपुरको भैंसेपाटीमा बनेका १४ वटा ब्लक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन् ।
८५ करोड रुपैयाँको लागतमा आवास भवन निर्माण गरिएको हो । त्यहाँ प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ ।भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्ट भाडामा लिएको छ ।
प्रतिक्रिया