
श्रेणी : अन्तर्राष्ट्रिय
जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि आह्वान गरेका छन् ।
चीन, जर्मनी, भारत र संयुक्त राज्य अमेरिकालगायत करिब ४० देशका प्रतिनिधिहरूले गत सप्ताहन्तमा जेद्दामा भएको सम्मेलनमा भाग लिएका थिए ।
उनले रूसले आफ्ना सैनिकहरू फिर्ता गरी शान्तिलाई सम्भव बनाउनुपर्ने बताएका छन् । गत जुन महिनामा कोपेनहेगनमा पनि शान्तिको बाटोबारे छलफल गर्न यस्तै अन्तर्राष्ट्रिय वार्ता भएको थियो । स्कोल्जले डेनमार्क र साउदी अरबमा विदेश नीति सल्लाहकारको तहमा भएको वार्तालाई ‘अत्यन्त विशेष’ भनेका छन् ।
युक्रेनले साउदी अरबको शिखर सम्मेलनबाट आफू सन्तुष्ट रहेको बताएको छ, जसमा कीभले युक्रेनी भूमिबाट रूसी सेनाको पूर्ण फिर्तासहित आफ्नो १० बुँदे शान्ति योजनालाई समर्थन गर्ने प्रयास गरेको थियो । यसैबीच, मस्कोले कीभले हतियार छोडेमा मात्र शान्ति सम्झौता सम्भव रहेको बताएको छ ।


प्रतिक्रिया