वीरगन्ज :

राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्याउँछः शेखर कोइराला

श्रेणी : BANNER

2 years
birgunj report
29Views
0 Shares

भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो नभएको बताएका छन् । भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले शनिबार आयोजना गरेको क्षेत्रीय सभामा कोइरालाले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्याउने बताए ।

सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको नेता कोइरालाको आरोप थियो । प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्याउने उनको भनाइ थियो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने कोइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *