वीरगन्ज :

कांग्रेस संसदीय दलको बैठकः सुनिल शर्मालाई प्रतिशोध साँध्न प्रक्राउ गरिएको सांसदहरुको आशंका

श्रेणी : BANNER

1 year
birgunj report
7Views
0 Shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका छन् ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात/आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका छन् ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाका बारेमा र बैठकका कार्यसूची बारेमा ब्रिफिङ गरेको सांसद डिल्लीराज पन्तले जानकारी दिए । सांसद प्रदीप पौडेलले सुन तस्करीको विषयमा कुरा उठाएको भन्दै प्रतिशोध राखेर तर्साउने प्रयास गरिएको हो कि भन्ने आशंका बढेको बताए ।

उनले सरकारले असल नियतले भ्रष्टाचारको फाइल खोल्दा त्यसमा सबै दलको समर्थन हुनुपर्ने बताए । उनले भने, ‘यतिबेला विभिन्न प्रकरणमा जसको नामहरू आइरहेको छ, ती मान्छेलाई किन छानबिनको दायरामा ल्याउने कोसिस भइरहेको छैन ? र अर्को दलको मान्छे पर्दा त्यहाँ सरकार कसरी प्रस्तुत भइरहेको छ भन्ने कुराले आशंका पैदा गर्छ ।’

बैठकमा संसद बैठकको अवरोध, संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसदमा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राखेका थिए ।

यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महङ्गी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेका उनले बताए ।

शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गरेका र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्काे बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *