श्रेणी : BANNER
8Views
0
Shares
काठमाडौं । सदन संचालनका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन् ।
सोमबार सभामुख देवराज घिमिरेको पहलमा दुई पटक शीर्ष नेताको बैठक बसेको थियो तर कुनै सहमति हुन सकेन । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि १० साउनदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया