
श्रेणी : अन्तर्राष्ट्रिय
उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पुर्याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ । समूहले लगभग ४०० केन्द्रहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ ।
तत्कालका लागि समूहमा कार्यरत पूरानो नेतृत्वको स्थानमा नयाँ प्रशासकहरू नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ। यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शङ्का व्यक्त गरेका छन् । नयाँ नेतृत्वले आर्थिकरूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्नसकिने पनि बताएको छ ।


प्रतिक्रिया