वीरगन्ज :

ग्यासको घट्यो १३० रुपैयाँ, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

श्रेणी : अर्थ

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँ बढाइएको निगमले जानकारी दिएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने घटाइएको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटाइएको छ । यसअघि प्रतिसिलिन्डर १७९० रहेको खाना पकाउने एलपी ग्यासको मूल्य घटाएर प्रतिसिलिन्डर १६६० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *