वीरगन्ज :

संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

श्रेणी : BANNER

2 years
birgunj report
34Views
0 Shares

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । यस्तै, दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । बैठकले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *