श्रेणी : BANNER
144Views
0
Shares
काठमाडौं । सरकारले युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको भन्दै युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ ।’


प्रतिक्रिया