वीरगन्ज :

भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग र राजनीतिक स्टण्ट होइनः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
43Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अरु फाइल खुल्दै जाने बताएका छन् । आइतबार काठमाडौंमा समाजवादी मोर्चासम्बद्ध विद्यार्थी संगठनको घोषणा गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा लागेको र यो नरोकिने बताएका हुन् ।

उनले ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने भन्दै यसमा सबैको साथ र समर्थन आवश्यक रहेको बताए । उनले भने, ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहीँ रोकिँदैन, रोकिनेवाला छैन । निरन्तर अगाडि बढनेवाला छ । यो लडाई सुरु भएको छ यसको पक्षमा सरकारलाई तपाईँहरुले जुन साथ दिनुभएको छ हेर्दै जानुहोला आउने दिनमा अरू फाइल खुल्नेवाला छन्, र ग्राउण्डबाट समर्थन नभएसम्म सरकार र प्रधानमन्त्रीले मात्रै जित्ने ब्याटल होइन यो ।’

उनले यो कुनै आवेग र राजनीतिक स्टण्ट नभएको बताए । प्रधानमन्त्रीले समाजवादी मोर्चा तोड्न अनेक प्रपञ्च रचिएको तर त्यो पूरा नहुने बताए । प्रधानमन्त्रीले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट संघीय शिक्षा ऐनको मस्यौदा पारित गरेर सदनमा पठाउन लागिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *