
श्रेणी : अन्तर्राष्ट्रिय
बङ्गलादेशको संसदीय उपनिर्वाचनमा एक स्वतन्त्र उम्मेदवारमाथि भएको आक्रमणको विरोधमा संयुक्त वक्तव्य जारी गरेपछि बङ्गलादेशको विदेश मन्त्रालयले १३ जना पश्चिमी मुलुकका राजदूतहरूसँग स्पष्टिकरण मागेको छ ।
संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र युरोपियन युनियनसहितका राजदूतहरूले जुलाई १७ मा राजधानी ढाकामा सत्तारुढ दलका विजयी उम्मेदवारविरुद्ध उभिएका स्वतन्त्र सांसद अशरफुल अलोममाथि भएको आक्रमणको निन्दा गरेका थिए ।
नायक अलोमको नामले चिनिने अभिनेता तथा सामाजिक सञ्जालका स्टार अलोममाथि सत्तारुढ दल अवामी लिगका समर्थकले आक्रमण गरेको आरोप लगाइएको छ ।क्यानडा, जर्मनी, डेनमार्क, इटाली, नेदरल्याण्ड्स, नर्वे, स्पेन, स्वीडेन र स्विट्जरल्याण्डका राजदूतसहित १३ जना कूटनीतिज्ञले संयुक्त विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नरहेको’ चेतावनी दिएका थिए ।
प्रधानमन्त्री शेख हसिनाको पार्टीले संसदमा प्रभुत्व जमाएको बङ्गलादेशको राजनीतिक वातावरणप्रति पश्चिमा सरकारहरूले चिन्ता व्यक्त गरेका छन् । ती राजदूतहरूलाई उनीहरूको बयानबारे स्पष्टीकरण दिन बोलाइएको परराष्ट्र मन्त्री शाहरियार आलमले बताए । कूटनीतिज्ञहरू भविष्यमा यस्तो अकूटनीतिक व्यवहारबाट टाढा रहनेमा बङ्गलादेश आशावादी छ ।

प्रतिक्रिया