वीरगन्ज :

बैठकमा मैले सोचेजस्तो आलोचना भएन, धन्यवादः सभापति देउवा

श्रेणी : राजनीति

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा धेरै आलोचना होला भन्ने ठानेको भएपनि त्यस्तो नभएको बताएका छन् ।

एकसातादेखि जारी केन्द्रीय समिति बैठक समापनका दिन बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक समापन गर्दै सभापति देउवाले सबैले महत्वपूर्ण कुरा बोलेको र आफूले सोचेजस्तो आलोचना नभएको बताएका हुन् ।

उनले बैठक लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत बताए । उनले भने, ‘सबैले राम्रो बोल्नुभयो, महत्वपूर्ण कुरा राख्नुभयो, धन्यवाद । धेरै आलोचना होला भन्ने लागेको थियो तर भएन । लाइभले कोही भन्दा कम छैन भन्ने देखियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *