वीरगन्ज :

कांग्रेसले नीति महाधिवेशन नगर्ने

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले नीति अधिवेशन नगर्ने भएको छ । केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत् गर्ने निर्दिष्ट गरिएका कार्य गर्ने गरी आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने प्रस्ताव केन्द्रीय समितिमा अनुमोदनका लागि पेश गरेका हुन् । महासमिति बैठक काठमाडौंमा बस्नेछ ।

१४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो । तर नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको हो । कांग्रेसले सुन तस्करीमा संलग्नलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । बैठकको अन्तिम दिन १५ बुँदे प्रस्ताव पारित गर्दै सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *