वीरगन्ज :

मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छुः महामन्त्री थापा

श्रेणी : BANNER

1 year
birgunj report
6Views
0 Shares

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको नेता परिवर्तनको पक्षमा रहेको बताएका छन् । शनिबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले सांसदको आवश्यक संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन् ।

उनले पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास रहेको बताए । उनले भने,’संसदीय दलको नेताका लागि म आफैं भिडेको हो । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु ।’

उनले नेतृत्व मागेर नभइ खोसेर लिनुपर्ने बताए । महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा शेरबहादुर देउवाले संख्या पुर्याएर नेता बनेको भन्दै यो सुविधा अहिले पनि रहेको बताए । उनले साउन २ गतेबाट सुरु हुने कार्यसमितिको बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्ने बताए ।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए।

केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *