श्रेणी : BANNER
      61Views
      
      
      0
      Shares
      
      
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले दाहाललाई राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकले दाहालको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘यस दुःखद घडीमा सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ’, मन्त्री शर्माले सरकारका तर्फबाट जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

    
    
    
									
									
									
        
        
प्रतिक्रिया