वीरगन्ज :

तीन दलको छलफलपछि ओलीले भने-सदन चल्ने नचल्ने ‘पार्लियामेन्ट’मा थाहा हुन्छ

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौँ । संसदको गतिरोध हटाउनेबारे आजपनि प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

छलफलबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले सदन चल्ने नचल्ने कुरा ससद भवनमै थाहा हुने बताए । उनले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ यसअघि आइतबार पनि गतिरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ

आइतबारको छलफलमा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे आत्माआलोचना गर्ने र अगाडि बढ्ने तीन शीर्ष नेताको समझदारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *