
श्रेणी : अन्तर्राष्ट्रिय
इजरायली सेनाले अधीनस्थ उत्तरी वेस्ट ब्याङ्कको जेनिन शिविरमा ठूलो सैन्य कारबाही सुरु गरेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार एउटा इजरायली विमानले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य धेरै मानिस गम्भीर घाइते भएका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा उनीहरूले ‘जेनिन क्षेत्रमा आतङ्कवादीहरुसँग सम्बन्धित पूर्वाधार’मा आक्रमण गरिरहेको जनाइएको छ । दर्जनौँ सशस्त्र, नकाब लगाएका प्यालेस्टिनीहरू उक्त शिविरका गल्लीहरूमा तैनाथ गरिएका थिए । गत महिना जेनिन शिविरमा छापा मार्ने क्रममा इजरायली सेनाले कम्तीमा छ जना प्यालेस्टिनीहरूको हत्या गरेको थियो ।
पछिल्ला केही वर्षयता वेस्ट ब्याङ्कमा भएको आक्रमणमा पहिलो पटक हेलिकप्टर प्रयोग गरिएको थियो । त्यतिबेला प्यालेस्टिनी बन्दुकधारीहरूसँगको झडपमा सात इजरायली सैनिक मारिएका थिए भने सीमा प्रहरी अधिकारी घाइते भएका थिए । पूर्वी जेरूसलेम, गाजा र वेस्ट ब्याङ्कमा बस्दै आएका प्यालेस्टिनी र इजरेलबीच पटक पटक तनाव भइरहन्छ ।


प्रतिक्रिया